भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
सारांश
- संघका लागि एक र प्रदेशका लागि दुई वटा निर्वाचन क्षेत्र कायम भएको भोजपुरमा मतदाता संख्या भने घटेको छ ।
- अघिल्लो निर्वाचनको तुलनामा अहिले एक हजार छ सय बढी मतदाताको संख्या घटेको हो ।
- जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीका अनुसार अघिल्लो निर्वाचनमा कायम मतदाता संख्या अहिले भने एक हजार छ सय १४ घटेको छ ।
भोजपुर । संघका लागि एक र प्रदेशका लागि दुई वटा निर्वाचन क्षेत्र कायम भएको भोजपुरमा मतदाता संख्या भने घटेको छ । अघिल्लो निर्वाचनको तुलनामा अहिले एक हजार छ सय बढी मतदाताको संख्या घटेको हो ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीका अनुसार अघिल्लो निर्वाचनमा कायम मतदाता संख्या अहिले भने एक हजार छ सय १४ घटेको छ ।
प्रमुख सुवेदीले अघिल्लो निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ रहेकोमा अहिले अध्यावधिक भएपछि सो संख्या एक लाख २४ हजार एक सय ५२ जना कायम भएको बताए ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले गत भाद्र १५ गतेसम्म १८ बर्ष पुरा भएका ब्यक्तिहरुको मतदाता नामावली अध्यावधिक गरे अनुसार संख्या घटेको देखिएको छ ।
निर्वाचन कार्यालयका प्रमुख सुवेदीका अनुसार मृत्यृु भएर नामावली हटाइएका एक हजार चार सय ४९ जना, दोहोरो नाम हटाइएका छ सय छ जना गरी एक हजार छ सय १४ संख्या कम भएको छ । यस्तै ठाउँसारी भएर अन्यत्र गएकाहरुको भने यकिन बिवरण छैन ।
जिल्लाका दुई नगरपालिकासहित ७ वटा गाउँपालिका गरी कुल नौवटा स्थानीय तहका ८१ वटा वडा रहेका छन् । अघिल्लो निर्वाचनसम्म जिल्लामा ८७ वटा मतदान केन्द्र, एक सय ५९ र दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण
छ । स्थानीय तह निर्वाचनका लागि तयारी भई रहदाँ निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्ला जिल्लामा पनि मतदाता नामावली अध्यावधिकको काम गरिएको हो ।
प्रतिक्रिया