धनुषामा आगो लाग्दा लाखौंको क्षति
मौसम झा पाठक
१३ वैशाख, जनकपुरधाम। धनुषाको क्षिरेस्वरनाथ नगरपालिका १० टोल चोहर्वाको दुई दाजु भाईको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
स्थानीय सोनदत महरा र प्रेमा महराको घरमा आगो लाग्दा अन्दाजी २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो। महराको किचेनमा क्षति हुँदा घर पूर्णरुपमा जलेको छ। साथै दुबैको घर सहित , पुरै खाद्यान्न र कपडा पनि जलेको छ । घटनाकै बेला नेकपा एमालेका प्रत्याशी वडाध्यक्ष फुलगेन यादव र तेहिका स्थानीयहरु लगायतले संयुक्त अनुगमन गरेका छन्।
दुवै पीडित दाजुभाई महरा सित भेट गर्दै नेता यादवले सहयोग दिएको छ। साथै प्रत्याशी वडाध्यक्ष फुलगेन यादवको पहलमा नगरपालिकाबाट fire समयमै उपलब्ध गराएको हो। दुवै पिडितलाई खाध्यान्न र कपडाहरु समेत सहयोग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
4
+1
+1
Post Comment