दसैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
६४ पटक हेरिएको
Shares
दसैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

सारांश

  • बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
  •  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखेर पहिलो दिन शैलपुत्रीको पूजा गरिएसँगै दसैँ सुरु भएको होे ।
  • आज पूजास्थल तथा दसैँ घरहरूमा ब्रह्मचारिणी देवीको आह्वान गरी विशेष उपासना गरिन्छ ।

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखेर पहिलो दिन शैलपुत्रीको पूजा गरिएसँगै दसैँ सुरु भएको होे । आज पूजास्थल तथा दसैँ घरहरूमा ब्रह्मचारिणी देवीको आह्वान गरी विशेष उपासना गरिन्छ ।

घटस्थापना गरिएको स्थलमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ पारायण गर्ने परम्परा छ । संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउने शक्तिका रूपमा ब्रह्मचारिणी देवीको पूजा गरिने धार्मिक मान्यता छ । देवीको निष्ठापूर्वक साधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास रहिआएको छ ।

यसै अवसरमा राजधानीको हनुमानढोकास्थित ऐतिहासिक दसैँ घरमा राज्यका तर्फबाट विधिपूर्वक पूजा आराधना हुने गरेको छ । आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
संसद्‍मा प्रधानमन्त्रीको खोजी
संसद्‍मा प्रधानमन्त्रीको खोजी
पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
मर्मतका लागि विद्युत पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृ*त्यु
मर्मतका लागि विद्युत पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृ*त्यु
नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने
नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?