अब परीक्षामा कति लेख्यो होइन, कति सिक्यो भन्ने मापन गरौं: शिक्षामन्त्री पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २२, २०८३
|
|
१०५ पटक हेरिएको
Shares
अब परीक्षामा कति लेख्यो होइन, कति सिक्यो भन्ने मापन गरौं: शिक्षामन्त्री पोखरेल

सारांश

  •  बिहीबार कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवि सभाको ६७औं वार्षिक दिवसको बैठकको अध्यक्षता गर्दै पोखरेलले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए।
  • प्रवेश परीक्षा, भर्ना, अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीलाई निर्देशन दिएका छन्।
  • क्यालेन्डर प्रभावित भएमा त्यसको स्पष्ट कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा बताएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवि सभाको ६७औं वार्षिक दिवसको बैठकको अध्यक्षता गर्दै पोखरेलले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए। प्रवेश परीक्षा, भर्ना, अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीलाई निर्देशन दिएका छन्।

क्यालेन्डर प्रभावित भएमा त्यसको स्पष्ट कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

‘प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन अध्यापनको समयावधि, प्रभावकारी आन्तरिक मूल्याङ्कन, अन्तिम परीक्षाको नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणको यथार्थ समय तालिका र प्रविधिको उच्चतम प्रयोग गरी विद्यार्थीलाई सेवा प्रवाह गर्न ठोस कार्ययोजना बनाई अगाडि बढ्न सम्बन्धित पदाधिकारीलाई निर्देश गर्दछु,’ पोखरेलले भने, ‘कुनै कारणले क्यालेन्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समयसीमा पनि सार्वजनिक गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु।’

परीक्षा प्रणालीमा फेरबदल गर्दै अब विद्यार्थीले कति लेख्यो भन्दा पनि उसले कति सिक्यो भन्ने कुराको मापन गर्नुपर्नेमा उनले जोड दिए। रटेको ज्ञानभन्दा व्यावहारिक र सिर्जनशील जनशक्ति उत्पादन गर्नुपर्ने उनले औंल्याए।

‘परीक्षामा विद्यार्थीले कति लेख्यो मात्र होइन, उसले कति सिक्यो भन्ने पनि मापन गरौं। अब रटेको ज्ञान होइन, समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक दक्षता विकास गर्न सक्ने गरी अध्यापन र अनुसन्धान कार्यमा संलग्न रहन सम्बन्धित प्राध्यापकज्यूहरूलाई समेत अनुरोध गर्न चाहन्छु,’ उनले भने।

देशका विभिन्न समस्याको समाधान खोज्न विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले विशेष जोड दिए। ‘नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई विश्वविद्यालयले अझ प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘ज्ञान उत्पादन र त्यसको प्रयोगबीचको दूरी घटाउन सके मात्र विश्वविद्यालयको अनुसन्धानले राष्ट्रिय विकासमा थप प्रभावकारी योगदान दिन सक्छ।’

विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रबिन्दु विद्यार्थी हुनुपर्ने स्पष्ट पार्दै मन्त्री पोखरेलले कृत्रिम बुद्धिमत्तालगायतका प्रविधिलाई अवसरका रूपमा लिनुपर्ने बताए।

‘विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रमा विद्यार्थी हुनुपर्छ। विद्यार्थीका गुनासा, आवश्यकता र आकांक्षालाई सुन्ने तथा समाधान गर्ने प्रभावकारी संयन्त्र विकास गर्न आवश्यक छ,’ उनले भने, ‘कृत्रिम बुद्धिमत्ता लगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नभई ज्ञान र नवप्रवर्तनको नयाँ अवसरका रूपमा ग्रहण गर्दै यसको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति तथा क्षमता विकास गर्नुपर्ने देखिन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप