११ वर्षपछि एमाले बैठकमा वरिष्ठ नेता बनेर सहभागी हुँदै विद्या भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २२, २०८३
|
|
५१ पटक हेरिएको
Shares
११ वर्षपछि एमाले बैठकमा वरिष्ठ नेता बनेर सहभागी हुँदै विद्या भण्डारी

सारांश

  • बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
  • जुन बैठकमा ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदै छिन्।
  • यही असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

जुन बैठकमा ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदै छिन्।

यही असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। उनलाई ‘दोस्रो वरीयता’ दिइएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्वराष्ट्रपति भण्डारी पार्टीको वरिष्ठ नेता मनोनयन भएकी हुन्। यसअघि २०८२ साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा भने ओलीकै प्रस्तावमा भण्डारीको पार्टी सदस्यता खारेज गरिएको थियो।

यो पनि : विद्या भण्डारीलाई तीन जिम्मेवारी, यस्तो छ एमालेको भित्री निर्देशन (पूर्ण पाठ)

त्यही केन्द्रीय कमिटीको बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको थियो।

त्यसपछि आज एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
कान्तिपुर टीभीमा आगजनी
कान्तिपुर टीभीमा आगजनी
जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
मधेश प्रदेशसभाको बैठक बस्दै
मधेश प्रदेशसभाको बैठक बस्दै
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक