सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
१०९ पटक हेरिएको
Shares
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई

सारांश

  • गोप्य सूचनाहरु चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
  • सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको गृह मन्त्रालयले बताएको छ ।
  • जसमा उनै मात्रै सदस्य रहेका छन् ।

२० असोज, काठमाडौं । गोप्य सूचनाहरु चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको गृह मन्त्रालयले बताएको छ । जसमा उनै मात्रै सदस्य रहेका छन् । ‘सशस्त्र प्रहरीको नियमावली दफा तोकेरै त्यही अनुसार छानबिन गर्ने जिम्मेवारी दिइएको छ,’ गृह स्रोतले भन्यो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्दा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । झापा घर भएका अर्का बिचौलियासँग पनि कनेक्सन देखिएको र गोप्य सूचनाहरु चुहाएको आरोप उनीमाथि छ ।

उनीमाथि छानबिनका लागि तीन दिनको म्याद दिइएको छ । तीन दिनभित्र प्रतिवेदन बुझाएपछि सोही अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ असोजको राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा जाँदै थिए ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजीको पदावधि चार वर्षको हुन्छ । २८ वैशाख २०७९ मा उनी एआईजी भएका थिए । यो व्यवस्थाअनुसार उनी २७ वैशाखको राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै थिए ।

तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

(२) उपनियमअनुसार एक वर्ष म्याद थपका लागि सशस्त्र हेडक्वाटर गृहमन्त्रालयमा सिफारिस समेत गरेको थियो । यही बीचमा उनी गोप्य सूचना चुहाएको भन्दै निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
आयोगले सहसचिवका लागि ११ जनालाई  सिफारिस
आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या
सहमति नहुँदा एक हप्तादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव
सहमति नहुँदा एक हप्तादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार
युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार