बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
६५ पटक हेरिएको
Shares
बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक

सारांश

  •  मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेको बैठकले असोज ८ गतेदेखि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
  • असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको उनले बताए।
  •  बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ।

 

सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राखेर स्थानीय प्रशासनल बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेको बैठकले असोज ८ गतेदेखि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको उनले बताए। बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ।

निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय गरिएको अधिकारीले बताए।

बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर जानकारी गराउन तथा स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

त्यसका लागि नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न अनुरोध गर्ने निर्णय भएको छ।

त्यस्तै, नेपाली सेनाको श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रेर सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वार्टरलाई उद्धारमा खटिने टोली विभिन्न स्थानमा तयारी अवस्थामा राख्न बैठकले निर्देशन दिएको छ।

बैठकले स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन तथा आवश्यक अवस्थाबाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?