नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
९४ पटक हेरिएको
Shares
नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

सारांश

  • नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
  • हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो।

७ असोज, काठमाडौं ।

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो। त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो। ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा
जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता