नेपाललाई थप ३१ मिलियन डलर सहयोग गर्ने अमेरिकाको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
१०१ पटक हेरिएको
Shares
नेपाललाई थप ३१ मिलियन डलर सहयोग गर्ने अमेरिकाको घोषणा

सारांश

  • राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) एलिसन हुकरले आज न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी उक्त घोषणा गरेकी हुन्।
  • उपमन्त्री हुकरले स्थायी तथा विशेष रूपमा निर्माण गरिएका पुलका लागि १ करोड (१० मिलियन) डलरको सहयोग उपलब्ध गराउने योजना घोषणा गरिन्।
  •  यी पुल अमेरिकी कम्पनीबाट उपलब्ध गराइनेछ।

भोटेकोसी बाढीपछि जारी उद्धार, पुन: स्थापना र पुननिर्माणका लागि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख (३१ मिलियन) डलर सहयोग उपलब्ध गराउने भएको छ।

राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) एलिसन हुकरले आज न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी उक्त घोषणा गरेकी हुन्।

उपमन्त्री हुकरले स्थायी तथा विशेष रूपमा निर्माण गरिएका पुलका लागि १ करोड (१० मिलियन) डलरको सहयोग उपलब्ध गराउने योजना घोषणा गरिन्। यी पुल अमेरिकी कम्पनीबाट उपलब्ध गराइनेछ। यी पुलले प्रभावित क्षेत्रमा महत्त्वपूर्ण यातायात पूर्वाधार पुनर्स्थापना गर्नेछन् र क्षेत्रीय सम्पर्क सञ्जाललाई सुदृढ बनाउनेछन्।

उपमन्त्रीले बाढी प्रभावित परिवारका लागि पानी, सरसफाइ तथा स्वच्छताका साथै आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयामको तयारीसम्बन्धी सहयोगका लागि थप ८० लाख (८ मिलियन) डलर उपलब्ध गराउने योजना पनि घोषणा गरेकी छन्।

साथै भविष्यमा हुने विपद्पछिको पुनर्लाभ प्रयासमा अझ राम्रो सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएका अमेरिकी-निर्मित ड्रोन पनि उपलब्ध गराउन १ करोड ३० लाख (१३ मिलियन) डलर बराबरको सहयोग गर्ने योजना छ।

सहयोगसम्बन्धी यस घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभ प्रयासमा संयुक्त राज्य अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख (३६ मिलियन) डलरभन्दा बढी पुगेको छ।

संयुक्त राज्य अमेरिकाले नेपाल सरकारसँग नजिक रहेर काम गर्दै थप सहयोगको आवश्यकता पहिचान गर्ने र सो सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?