संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ३, २०८३
|
|
११९ पटक हेरिएको
Shares
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

सारांश

  •   राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार निर्माण गरेको बताएका छन् ।
  •   संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताए ।
  • वि.

 

३ असोज, काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार निर्माण गरेको बताएका छन् ।  संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताए । वि.सं.२०७२ असोज ३ गते संविधान जारी भएको ऐतिहासिक उपलब्धिको स्मरण गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याउने राजनीतिक दलका नेता, नागरिक तथा राजनीतिक कार्यकर्ताको योगदानको सम्मान गरे । हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान नेपालको विशेषता भएको बताए । राष्ट्रपति पौडेलले संविधानले सबै समुदायलाई समान संरक्षण दिएको बताए ।  नेपालीबीचको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने गतिविधि नहोस् भन्ने विश्वाससमेत उनले व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?