जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २६, २०८०
|
|
२८ पटक हेरिएको
Shares
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

सारांश

  • जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ ।
  • सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ ।
  • आज अपराह्न ४ बजे जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गर्ने कार्यक्रम रहेको मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए ।

२६ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । आज अपराह्न ४ बजे जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गर्ने कार्यक्रम रहेको मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए । दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ । विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण विशेष आकर्षणको रुपमा रहेको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सीताराम प्रतिमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली
जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली
लागू औषधसहित सुनसरीबाट पाँच जना पक्राउ
लागू औषधसहित सुनसरीबाट पाँच जना पक्राउ
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ