जसपा नेपालको नयाँ केन्द्रीय समिति गठन, उपेन्द्र यादव अध्यक्ष
सारांश
- जनता समाजवादी पार्टी (जसपा), नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबीच पार्टी एकीकरणपछि नयाँ केन्द्रीय समिति गठन गरिएको छ ।
- जसपाले पार्टी विधानको धारा ८७ को उपधारा (२) अनुसार नयाँ केन्द्रीय समिति गठन गरिएको जनाएको छ ।
- पार्टीले जारी गरेको परिपत्रअनुसार उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बनेका छन् ।
३१ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा), नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबीच पार्टी एकीकरणपछि नयाँ केन्द्रीय समिति गठन गरिएको छ । जसपाले पार्टी विधानको धारा ८७ को उपधारा (२) अनुसार नयाँ केन्द्रीय समिति गठन गरिएको जनाएको छ । पार्टीले जारी गरेको परिपत्रअनुसार उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बनेका छन् । महन्थ ठाकुरलाई संरक्षक र शरदसिंह भण्डारीलाई सह–अध्यक्षको जिम्मेवारी दिइएको छ । रकम चेम्जोङलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ ।

नयाँ केन्द्रीय समितिमा उमाकान्त कर्ण, गोविन्द चौधरी, जितेन्द्र प्रसाद सोनार, निलम बर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव उपाध्यक्ष चयन भएका छन् । त्यस्तै, प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्र कुमार कर्ण महासचिव बनेका छन् । जयनुल राइन, दीपक कर्ण, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी सिटौलालाई उपमहासचिवको जिम्मेवारी दिइएको छ । केन्द्रीय समितिको सचिवमा अर्जुन थापा, उमेश यादव, अनिल कुमार सिंह, उपेन्द्र महतो, कमरुद्दीन राई, मिना चौधरी, रामप्रवेश बैठा, लाक्पा शेर्पा, शैलेन्द्र प्रसाद साह र सुनी लामा चयन भएका छन् ।

प्रतिक्रिया