मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
७१ पटक हेरिएको
Shares
मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री

सारांश

  •   कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।
  • सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री गौत्तमले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको बताइन्।
  • उनले नेपालको परिचय इतिहासका दस्तावेजमा मात्र नभई यहाँका संस्कार, संस्कृति, चाडपर्व, भाषा र लवजशैलीमा समेत देखिने उल्लेख गरिन्।

२५ साउन, काठमाडौं । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री गौत्तमले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको बताइन्। उनले नेपालको परिचय इतिहासका दस्तावेजमा मात्र नभई यहाँका संस्कार, संस्कृति, चाडपर्व, भाषा र लवजशैलीमा समेत देखिने उल्लेख गरिन्।

‘नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक मुलुक हो। यसमा मातृभाषा पत्रकारहरूको भूमिका महत्वपूर्ण छ। मातृभाषा पत्रकारिताको महत्व बुझेर तपाईंहरूले यसलाई अभियानका रूपमा चलाइरहनुभएको छ,’ उनले भनिन्। मन्त्री गौत्तमले राज्यका कामकारबाही र सूचनाबारे प्रत्येक नागरिकले आफूले बुझ्ने तथा आमाले सिकाएको भाषामा जानकारी पाउने अवस्था भए मात्रै लोकतन्त्र बलियो हुने बताइन्। ‘लोकतन्त्र त्यतिबेला मात्र बाँच्छ, जतिबेला राज्यका हरेक नागरिकले आफ्नै भाषामा आफूले जाने–बुझेको, आफ्नै आमाले सिकाएको भाषामा राज्यले गरेका कामकारबाहीबारे सुसूचित हुने मौका पाउँछ,’ उनले भनिन्। नेपालका विभिन्न कुनाकाप्चामा पुग्दा नागरिकले राज्यका सबै सूचना प्राप्त गर्न नसकेको अवस्था अझै रहेको भन्दै उनले राज्य र नागरिकबीचको सूचना दूरी मेटाउन सरकारका तर्फबाट पहल भइरहेको बताइन्। ‘त्यो दूरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ,’ मन्त्री गौत्तमले भनिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत  हेर्न पाउने
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु
अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा
उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय
उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने