दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको श*व भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
५८ पटक हेरिएको
Shares
दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको श*व भेटियो

सारांश

  • दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव भेटिएको छ ।
  • भेटिएका शव गत वर्षको कात्तिक १७ गते यलुङ-री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरू भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड़काले जानकारी दिए ।
  • स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन र पहिचानका लागि शुक्रबार यलुङ-री हिमाल क्षेत्रमा हेलिकोप्टर पठाएको थियो ।

 

२५ साउन, काभ्रेपलाञ्चोक।

दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव भेटिएको छ । भेटिएका शव गत वर्षको कात्तिक १७ गते यलुङ-री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरू भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड़काले जानकारी दिए ।

स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन र पहिचानका लागि शुक्रबार यलुङ-री हिमाल क्षेत्रमा हेलिकोप्टर पठाएको थियो । तर, मौसम खराब भएका कारण सोमबार हेलिकोप्टर घटनास्थलसम्म पुगेर तीनवटा शव गोंगर भन्ने स्थानमा ल्याइसकेको र २ वटा शव लिन पुन: हेलिकोप्टर घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी खड़काले जानकारी दिए । मौसम सुधार भए आज नै पाँच वटा शव गोंगर ल्याईनेछ । गत वर्ष विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणका लागि पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ-री हिमालतर्फ गएका थिए । हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार भएको थियो भने आरोहणका क्रममा सात जना हिमपहिरोमा परी बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये दुई जनाको शव त्यतिबेलै भेटिए पनि पाँच जनाको शव भने भेटिएको थिएन । खोजीमा सहभागी ड्रिम डेस्टिनेसनको टोलीका अनुसार लगातार हिमपात भएपछि त्यतिबेला खोजी कार्य स्थगित गरिएको थियो । हिमपहिरोमा परी दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव त्यतिबेलै भेटिएको थियो । हिमपहिरोमा परी फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो गरी पाँच जना विदेशी नागरिक बेपत्ता भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?