संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २३, २०८३
|
|
७० पटक हेरिएको
Shares
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव

सारांश

  • जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।
  • शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी संविधान, विधि र प्रक्रियाअनुसार राज्य सञ्चालन गर्नुपर्ने बताए।
  • उनले भने, ‘अहिले संविधानभन्दा बाहिरबाट, असंवैधानिक ढंगले देश चलिराखेको छ।

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी संविधान, विधि र प्रक्रियाअनुसार राज्य सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘अहिले संविधानभन्दा बाहिरबाट, असंवैधानिक ढंगले देश चलिराखेको छ। तसर्थ हामीले मुलुकमा संविधान संशोधन गर्ने र संविधान, विधि र प्रक्रियाबाट मुलुकलाई सञ्चालन गर्नेगरी राज्य परिचालन गर्नुपर्छ।’

उनले मुलुकमा सुशासन कायम नभएको, भ्रष्टाचार नघटेको र न शान्ति सुरक्षा पनि सुदृढ नभएको दाबी गरे। आर्थिक रूपमा मुलुक जर्जर हुँदै गएको र राजनीतिक रूपमा अन्योल तथा अनिश्चिततातर्फ धकेलिएको उनको भनाइ थियो। आज मुलुकमा न सुशासन छ, न भ्रष्टाचार घटेर गएको छ। न शान्ति सुरक्षा नै। आर्थिक रूपले जर्जर हुँदै राजनीतिक रूपमा अन्योल र अनिश्चिततातिर मुलुक गएको छ,’ उनले भने। यादवले विगतमा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाएर मुलुकको स्वाधीनतामाथि धावा बोलिएको अनुभूति भएको उल्लेख गर्दै अहिले राज्यका सबै शक्ति एकै ठाउँमा केन्द्रित हुँदै गएको बताए। उनले भने,‘हिजो जसरी सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाएर मुलुकको स्वाधीनतामाथि धावा बोले भन्ने जुन अनुभूति भएको छ, आज आएर सारा शक्ति, सत्ताका शक्तिहरू एक ठाउँ केन्द्रित हुँदै भएका छन्। वैधानिक निकाय, यहाँसम्म कि मन्त्रालयहरूले पनि स्वतन्त्र रूपमा काम गरेका छैनन् एकै ठाउँबाट निर्णय हुनु र एकै ठाउँमा शक्ति केन्द्रित हुनु सर्वसत्तावादको जन्म हुनु हो। सर्वसत्तावादले अधिनायकवादलाई जन्माउँछ। अधिनायकवादले लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पार्छ ।’

अध्यक्ष यादवले राजनीतिक रूपमा असमानता, आर्थिक रूपमा शोषण तथा सामाजिक रूपमा अपहेलित र अपमानित जीवन बाँच्न बाध्य नागरिकलाई समान अधिकार, समान अवसर र सम्मान दिलाउनु अग्रगामी मोर्चाको मुख्य लक्ष्य रहेको बताए। उनले मुलुकलाई संविधान, विधि र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउन अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
गुण्डुमा रास्वपाको घरदैलो अभियान
गुण्डुमा रास्वपाको घरदैलो अभियान
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको  मृत्यु
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको मृत्यु
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई