विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावर कारबाहीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
६९ पटक हेरिएको
Shares
विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावर कारबाहीमा

सारांश

  • वैदेशिक रोजगार विभागले स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा थप ३९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।
  • विभागले मंगलबार सूचना जारी गर्दै ती कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको जनाएको हो।
  • ऐनको दफा २२ अनुसार श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्रै वैदेशिक रोजगारीमा पठाउनुपर्ने व्यवस्था छ।

२० साउन, काठमाडौं ।

वैदेशिक रोजगार विभागले स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा थप ३९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै ती कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको जनाएको हो। ऐनको दफा २२ अनुसार श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्रै वैदेशिक रोजगारीमा पठाउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाको कार्यान्वयन भए–नभएको अध्ययन गर्न विभागले २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरेको थियो। विभागका अनुसार विवरण नबुझाएका वा अनुमति नलिई विदेशी विमानस्थल प्रयोग गरेका ५९८ वटा म्यानपावर कम्पनी कारबाहीको दायरामा परेका छन्। यसअघि विभागले विवरण पेश गर्न निर्देशन दिएकोमा पछि विवरण बुझाएका तर विदेशी विमानस्थल प्रयोग गरेको पुष्टि भएका थप ३९ कम्पनीलाई जरिबाना गरिएको हो। यस्तै, दुई पटकसम्म निर्देशन दिँदा पनि विवरण पेश नगरेका १२४ वटा म्यानपावर कम्पनीसँग ५० हजार रुपैयाँ जरिबाना किन नगर्ने भन्ने विषयमा सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको विभागले जनाएको छ। विभागका अनुसार कारबाहीमा परेका ३९ वटा कम्पनीले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ अनुसार दोस्रो पटक पनि कसुर दोहोर्याएको ठहर भएपछि उनीहरूलाई प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
कुरा नमिल्दा आफ्नै नेताको हत्या
कुरा नमिल्दा आफ्नै नेताको हत्या
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो
थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो
ब्रह्मपुरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न,
ब्रह्मपुरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न,