सर्लाहीमा स्रोत नखुलेको १३ लाखसहित २ जना पक्राउ
सारांश
- सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
- सशस्त्र प्रहरी बल बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँचका क्रममा पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ का ४६ वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो।
- उनीहरूको साथबाट १३ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीले जनकारी दिए।
२० साउन, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँचका क्रममा पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ का ४६ वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो।


उनीहरूको साथबाट १३ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीले जनकारी दिए।
पक्राउ परेका दुवैलाई बरामद रकम सहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ। रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया