भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
१५४ पटक हेरिएको
Shares
भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

सारांश

  • भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ ।
  • आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।
  • समस्तीपुर–सहरसा यात्रुवाहक रेल (नम्बर ६३३४४) को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो ।

काठमाडौं ।

भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । समस्तीपुर–सहरसा यात्रुवाहक रेल (नम्बर ६३३४४) को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो । सहरसा अग्नि नियन्त्रण कार्यालयका सहायक अग्नि अधिकृत निरञ्जन कुमारका अनुसार रेलको इन्जिनमा आगो लागेको सूचना प्राप्त हुनासाथ फोम टेन्डर र पानी टेन्डरसहितको टोली घटनास्थल पठाइएको थियो ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । ‘रेल इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो। आगो नियन्त्रणमा आइसकेको छ र हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन,‘ उनले भने । घटनाका एक यात्रुले बिहान करिब ३ः४० बजे रेलमा आगलागी भएको र त्यसका कारण यात्रुहरूले ठूलो सास्ती व्यहोर्नुपरेको बताए । आगलागीपछि यात्रुहरू अलपत्र परेका छन् भने रेल सेवासमेत प्रभावित भएको छ । आगलागीको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ । यसअघि गत मे महिनामा पनि बिहारको मधुबनी रेलवे स्टेशनमा उभिएको जयनगर–उधना अन्त्योदय एक्सप्रेसका खाली डब्बाहरूमा आगलागी भएको थियो। प्लेटफर्ममा शन्टिङ भइरहेको बेला लागेको आगोले एक डब्बा पूर्ण रूपमा जलेर नष्ट भएको थियो । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै
कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ
महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल
महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास