रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २४, २०८३
|
|
९२ पटक हेरिएको
Shares
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको जिल्ला अधिवेशन प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
  • निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको छ ।
  • हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आइतबार आयोजना गरिएको अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।

२४ जेठ, सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको जिल्ला अधिवेशन प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको छ ।

हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आइतबार आयोजना गरिएको अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी भएका थिए । तर अपराह्न करिब पौने ४ बजे निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।

जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले मतदाता नामावली, पालिका अधिवेशनसम्बन्धी कागजात तथा निर्वाचित प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्य पूरा नभएकाले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको बताए ।

‘पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण छन् । निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्ट हुन बाँकी छ भने स्वीकृत कार्यविधिअनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि पनि देखिएको छ,’ उनले भने, ‘यी कारणले तत्काल निर्वाचन प्रक्रिया सञ्चालन गर्न सम्भव भएन ।’

उनका अनुसार प्रदेश अधिवेशन जेठ २८ गतेका लागि तय भएकाले त्यसअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।

वर्तमान जिल्ला सभापति तथा सभापति पदका उम्मेदवार समेत रहेका सरोज बानियाँले पार्टीको आधिकारिक डिजिटल पोर्टलमा विवरण अद्यावधिक गर्ने क्रममा प्रक्रियागत त्रुटि भएको दाबी गरे ।

‘केन्द्रले छानबिन गरी जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्छ । विधि र विधानअनुसार विवरण अद्यावधिक गरेर जिल्ला अधिवेशन अघि बढाउनुपर्छ,’ उनले भने ।

जिल्ला अध्यक्ष पदका लागि वर्तमान सभापति वानियाँ, कृष्णनन्दन यादवलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
प्रतिकूल मौसमले उडान प्रभावित
प्रतिकूल मौसमले उडान प्रभावित
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला