धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
२४१ पटक हेरिएको
Shares
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य

सारांश

  • सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् ।
  • नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद् सचिवालय पुग्न थालेको हो ।
  • संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउनेक्रम जारी रहेको बताएको छ ।

 

१७ साउन, काठमाडौं ।

सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् । नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद् सचिवालय पुग्न थालेको हो । संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउनेक्रम जारी रहेको बताएको छ । यसपटक सांसदका स्वकीय सचिव नियुक्त हुन योग्यतामा स्नातक अनिवार्य छ । यससम्बन्धी राजपत्रकमा प्रकाशित सूचनामै भनिएको छ, ‘स्वकीय सचिवको योग्यता प्रचलित कानूनबमोजिम नेपाल सरकारको सम्बन्धित श्रेणी/तहको कर्मचारीको लागि तोकिएको आवश्यक न्यूनतम योग्यतासरह हुनेछ ।

कुन तहको कर्मचारी भनेर राजपत्रमा प्रकाशित सूचनामै खुलाइएको छ । जहाँ सुविधाको किसिम अन्तर्गत सांसद्का लागि प्राप्त हुने स्वकीय सचिव (रा.प.तृ.) हुने भनिएको छ । रा.प.तृ. भन्नाले नेपालको निजामती सेवामा राष्ट्रसेवक राजपत्रित तृतीय श्रेणी भन्ने बुझाउँछ । यो शाखा अधिकृत वा सो सरहको अधिकृतस्तरको पद हो । राजपत्रांकित तृतीय श्रेणी (रा.प.तृ.) शाखा अधिकृत) पदका लागि लोक सेवा आयोगले तोकेको शैक्षिक योग्यता अनुसार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । यसअनुसार सांसद्का स्वकिय सचिव नियुक्तिको निर्णय भए/नभएको हेरेर संसद् सचिवालयले जानकारीमा लिने र अखिलेख राख्न थालेको हो । यही साउन ४ गते नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको हो । सोही बेलादेखि सांसदहरूका लागि स्वकिय सचिव नियुक्तिको बाटो खुला भएको हो ।

यसका लागि सांसदहरूले स्वकीय सचिव नियुक्त गरेर त्यससम्बन्धी फारम भरेर संसद् सचिवालयमा बुझाउनुपर्छ । संसद् सचिवालयले ‘स्वकीय कर्मचारी र परिचारक नियुक्तिका लागि भर्नुपर्ने फारम विवरण’ वेबसाइटमै राखेको छ । जसअनुसार सांसदहरूले संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर फारम भर्नुपर्छ । जसमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम आफ्नो स्वकीय कर्मचारी परिचारक नियुक्त गरेको भनेर स्वकीय सचिवको नाम लेख्नुपर्छ । साथै, त्यसरी नियुक्त गरेको स्वकीय सचिवको परिचयपत्र बनाइदिन र पारिश्रमिकको व्यवस्था गरिदिनहुन अनुरोध गर्नुपर्दछ ।विवरणमा स्वकीय सचिवको नाम र थर, जन्ममिति भर्नुपर्छ । फोटो साथमा राख्नुपर्छ । लैंगिकता खुलाउनुपर्छ । नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, प्रदेश, स्थानीय तह र वडा खुलाउनुपर्छ ।

यसैगरी अस्थायी ठेगाना पनि खुलाउनुपर्छ । शैक्षिक योग्यता पनि खुलाउनुपर्छ । अनि नियुक्त भएको पद खुलाउनुपर्छ । स्वकीय सचिवले सोही पद खुलाउने गरी फारम तयार छ । स्वकीय सचिव परिवर्तन गरेपछि वा हटाउनुपरेको अवस्थामा त्यससम्बन्धी विवरण भर्ने गरी समेत फारम व्यवस्थित गरिएको छ । नियुक्ति मिति कहिले हो, पारिश्रमिक प्राप्त गर्ने बैंकको नाम के हो, खाता नम्बर कति हो त्यो पनि खुलाउनुपर्छ । साथै, स्वकीय सचिवले स्थायी लेखा नम्बर, मोबाइल नम्बर, वैवाहिक स्थिति पनि खुलाउनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
लुम्बिनीमा उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुँदै
लुम्बिनीमा उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुँदै
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु