११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
८० पटक हेरिएको
Shares
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ

सारांश

  •    थाइल्यान्डबाट नेपालमा ११ किलोग्राम गाँजा तस्करी गर्न खोजेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन्।
  • लागुऔषध नियन्त्रण ब्युरो शाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले थाइल्यान्डबाट लागूऔषध तस्करी हुन सक्ने आशंकामा यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
  • प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पञ्जाब राज्यको लुधियाना घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन्।

 

१४ साउन, काठमाडौं ।  

थाइल्यान्डबाट नेपालमा ११ किलोग्राम गाँजा तस्करी गर्न खोजेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले थाइल्यान्डबाट लागूऔषध तस्करी हुन सक्ने आशंकामा यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पञ्जाब राज्यको लुधियाना घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन्।

उनीहरूमध्ये दुई जना क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर CX-603 मार्फत थाइल्यान्डबाट हङकङ हुँदै मंगलबार राति काठमाडौं आएका थिए। उनीहरूले झोलाभित्र लुकाएर ल्याएको ११ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई पनि पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको साथबाट ११ किलोग्राम गाँजा, तीन थान राहदानी (पासपोर्ट) र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?