इरानविरुद्ध फेरि ठुलो आक्रमण गर्ने अमेरिका-इजरायलको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
१५० पटक हेरिएको
Shares
इरानविरुद्ध फेरि ठुलो आक्रमण गर्ने अमेरिका-इजरायलको तयारी

सारांश

  • अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमा ठुलो आक्रमण गर्ने तयारी गरिरहेका छन्।
  • सीबीएस न्युजका अनुसार उनीहरूले यही हप्ता इरानका पावर प्लान्ट र तेल रिफाइनरीमा हमला गर्न सक्छन्।
  •  यो सैन्य योजनाबारे शुक्रबार क्याम्प डेभिडमा अमेरिकाको मन्त्रिपरिषद् बैठकमा पनि छलफल गरिएको छ।

 

१६ साउन, अमेरिका ।

अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमा ठुलो आक्रमण गर्ने तयारी गरिरहेका छन्। सीबीएस न्युजका अनुसार उनीहरूले यही हप्ता इरानका पावर प्लान्ट र तेल रिफाइनरीमा हमला गर्न सक्छन्। यो सैन्य योजनाबारे शुक्रबार क्याम्प डेभिडमा अमेरिकाको मन्त्रिपरिषद् बैठकमा पनि छलफल गरिएको छ।  बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘हामी इरानमाथि धेरै कडा आक्रमण गर्नेछौँ।’

उनले थपे, ‘म अब इरानमाथि विश्वास गर्दिनँ। किनभने उनीहरू झुट बोल्छन्, वार्ताबारे कुरा गर्छन्, तर बारम्बार आफ्ना वाचा तोड्छन्।’ यसैबिच इरानका एक वरिष्ठ अधिकारीले अमेरिकाले आक्रमण गर्‍यो भने पूर्ण तयारीका साथ बदला लिइने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘अमेरिका र इजरायलका प्रमुख सैन्य अड्डा र पूर्वाधारहरूमा जवाफी हमला गरिनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ