लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
२३ पटक हेरिएको
Shares
लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी

सारांश

  • सुनसरीको कप्तानगन्ज घटनालाई लिएर सिरहाको लहान बजारमा पनि तनाव उत्पन्न भएको छ।
  • बिहीबार दिउँसो कप्तानगन्ज घटनालाई लिएर लहानमा प्रदर्शन भएको हो।
  • प्रदर्शनका क्रममा झडप हुने स्थिति आएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

 

१४ साउन, सिरहा ।

सुनसरीको कप्तानगन्ज घटनालाई लिएर सिरहाको लहान बजारमा पनि तनाव उत्पन्न भएको छ। बिहीबार दिउँसो कप्तानगन्ज घटनालाई लिएर लहानमा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा झडप हुने स्थिति आएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

स्थिति नियन्त्रणमा लिन केही राउन हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।  लहान बजार क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। लहान बजार क्षेत्रमा पनि कर्फ्यु लगाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।  यसअघि सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो। बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?