शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने

सारांश

  • नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार अर्थात् भोलिदेखि शिक्षक र कर्मचारीहरुले दोस्रो चरणको अन्तिम र निर्णायक सडक आन्दोलन गर्ने भएका छन् ।
  • मंगलबार महासंघले विज्ञप्ती जारी गर्दै शिक्षा ऐन पारित गराउन सरकारलाई दबाब दिनका लागि ‘काठमाडौं जाआंै’ अभियानका साथ सडक आन्दोलन गर्ने भएको हो ।
  • आन्दोलनमा स्थायी, सावीक, उमावी, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी÷करार, प्राविधिक धार, विशेष शिक्षा तथा तथा संस्थागत विद्यालयका एक लाखभन्दा धेरै शिक्षक कर्मचारीहरु सहभागिता रहने महासंघले जनाएको छ ।

१८ चैत, काठमाडौं ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार अर्थात् भोलिदेखि शिक्षक र कर्मचारीहरुले दोस्रो चरणको अन्तिम र निर्णायक सडक आन्दोलन गर्ने भएका छन् । मंगलबार महासंघले विज्ञप्ती जारी गर्दै शिक्षा ऐन पारित गराउन सरकारलाई दबाब दिनका लागि ‘काठमाडौं जाआंै’ अभियानका साथ सडक आन्दोलन गर्ने भएको हो ।

आन्दोलनमा स्थायी, सावीक, उमावी, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी÷करार, प्राविधिक धार, विशेष शिक्षा तथा तथा संस्थागत विद्यालयका एक लाखभन्दा धेरै शिक्षक कर्मचारीहरु सहभागिता रहने महासंघले जनाएको छ । नेपाल शिक्षक महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरि गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको मुख्य उदेश्य रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

उनले भने, ‘जबसम्म शिक्षा ऐन पारित हुँदैन तबसम्म अनिश्चीत काािलन सडक आन्दोलन गछौ‌ं ।’ यसैगरी महासंघका महासचिव तुलाबहादुर थापाले उदेश्य प्राप्त गर्नका लागि आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित तरीकाले गर्ने बताए । शिक्षक आन्दोलन शिक्षक कर्मचारीका पेशागत माग मुद्दा सम्बोधन गर्न मात्र जोडिएको नभई गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हितको पक्षमा समेत आवाज मुखरित गराउने महासंघले जानकारी गराएको छ । आन्दोलनलाई सफल पार्न महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यबस्थापन समिति तथा सबै शैक्षिक सरोकाार पक्षसमक्ष सहयोग र समर्थन गरिदिन अपिलसमेत गरेको छ ।

आन्दोलनको कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने छ । महासंघ गत माघ २० गतेदेखि आन्दोलनमा छ । पहिलो चरणको आन्दोलनअन्तर्गत फागुन २४ मा काठमाडौंका सडकमा प्रदर्शन गरेको थियो । त्यस्तै, दोस्रो चरणको आन्दोलन फागुन २७ बाट चैत ५ गतेसम्म राजनीतिक दलहरुको केन्द्रिय कार्यालयका धर्ना गरि सम्पन्न गरिएको थियो । त्यसपछि चैत ७ गते देखि १५ गते सम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न सरकारले दियो स्वीकृति
दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न सरकारले दियो स्वीकृति
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरीको नियन्त्रणमा
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरीको नियन्त्रणमा
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग