सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
८९ पटक हेरिएको
Shares
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

सारांश

  • आज सुनचाँदीकै भाउ व्यापक मात्रामा घटेको छ।
  • सुनको भाउ आज तोलामा ५ हजार ३ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सयमा झरेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  •   हिजो सुनको भाउ तोलाको २ लाख ८८ हजार ५ रुपैयाँ थियो।

 

१३ साउन, काठमाडौं ।

आज सुनचाँदीकै भाउ व्यापक मात्रामा घटेको छ। सुनको भाउ आज तोलामा ५ हजार ३ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सयमा झरेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो सुनको भाउ तोलाको २ लाख ८८ हजार ५ रुपैयाँ थियो।  सुनको मूल्य गएको सोमबार १४ सय र आइतबार १६ सय बढेको थियो। मंगलबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १ सय २५ रुपैयाँ घटेर ४ हजार ३ सय २० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ४ सय ४५ रुपैयाँ थियो।   गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?