शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
३२ पटक हेरिएको
Shares
शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने

सारांश

  • बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
  •   एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको छ।
  • शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हुने पोखरा एभेन्जर्सले जनाएको छ।

 

११ साउन, काठमाडौं ।

बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।  एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको छ। शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हुने पोखरा एभेन्जर्सले जनाएको छ।

अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन्। ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन्।  त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन्। जसमा उनले दुई हजार ५५१ रन बनाएका छन्।  उनले भारतीय प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन्। आईपीएलका ७१ खेलमा ७९३ रन बनाएका छन्। उनले बंगलादेश प्रिमियर लिगसँगै श्रीलंका प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगलगायत सबैजसो चर्चित अन्तर्राष्ट्रिय लिगबाट खेलिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?