हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२२७ पटक हेरिएको
Shares
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताएका छन् ।
  • नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरू कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताए ।
  • उनले एमालेप्रति फरक–फरक समूहको दृष्टिकोण रहेको उल्लेख गर्दै भने, ‘हाम्रा मित्रहरूले हामीलाई कम्युनिष्ट देख्नुभएन ।

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताएका छन् । नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरू कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताए । उनले एमालेप्रति फरक–फरक समूहको दृष्टिकोण रहेको उल्लेख गर्दै भने, ‘हाम्रा मित्रहरूले हामीलाई कम्युनिष्ट देख्नुभएन । पूँजीवादी साम्राज्यवादीहरूले भने हामीलाई धेरै कम्युनिष्ट ठानेर भदौ २३ र २४ गते सडकमा पछार्ने काम गरे ।’

पोखरेलले आफूहरू एक पक्षका लागि कम्युनिष्ट हुन नसकेको र अर्को पक्षका लागि कम्युनिष्ट भएकै कारण पीडित भएको टिप्पणी गरे । उनले कमजोरीबाट कोही पनि मुक्त नरहेको भन्दै एमालेभित्र कमजोरी भएपनि सफलताका सबल पक्षहरू रहेको दाबी गरे । ‘मूल्यांकन गर्ने विषय आफैंबीचको विषय हो । सबै चिजलाई समग्रतामा हेर्नुपर्छ, कमजोरीबाट मुक्त कोही पनि छैनन् । हामीभित्र पनि कमजोरी छन्, तर हामीभित्र पनि सफलताका सबल पक्षहरु पनि छन् त्यसैको मार खेपिराखेका छौं । केही हुँदैन थियो भने शत्रुहरु पनि हुँदैन थिए होला,’ पोखरेलले भने । महासचिव पोखरेलले एमाले अहिले पनि प्रहारको निशानामा रहेको दाबी गर्दै पार्टीको अस्तित्व र भविष्यमाथि चुनौती खडा गर्ने प्रयास भइरहेको बताए । ‘हामी अहिले पनि प्रहारको निशानामै छौं, प्रहार भइरहेकै छ । यस्तो अवस्थामा पुगेका छौं कि हाम्रो अस्तित्वमाथि र भविष्यमाथि नै चुनौती खडा गर्ने काम भइरहेको छ,’ उनले भने । उनले पूँजीवादी र साम्राज्यवादी शक्तिका लागि आफूहरू समस्या नभए प्रहार किन भइरहेको छ भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य एकैदिन तोलामा १६ हजारले घट्यो,
सुनको मूल्य एकैदिन तोलामा १६ हजारले घट्यो,
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी
रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
भारतीय गायक सोनु निगम नेपाल आउँदै
भारतीय गायक सोनु निगम नेपाल आउँदै
जय ट्रफी फाइनल : दुवै टोलीको पहिलो इनिङ सकिँदा आर्मी ३७ रनले अगाडि
जय ट्रफी फाइनल : दुवै टोलीको पहिलो इनिङ सकिँदा आर्मी ३७ रनले अगाडि