गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
१०७ पटक हेरिएको
Shares
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।
  • बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।
  • उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ ।

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् । बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ । शिक्षामा र स्वास्थ्यमा भएका प्रगतिलाई अपमानित र अवमूल्यन गरिँदै छ ।’    उनले भौतिक पूर्वाधार क्षेत्रमा भएको अभूतपूर्व विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा हासिल भएका प्रगतिलाई समेत अपमानित र अवमूल्यन गरिरहेको बताए ।  प्रचण्डले पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर मात्र नभई गणतन्त्रका उपलब्धि र पुष्पलालको विचारअनुसार भएका परिवर्तनमाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको दिनका रूपमा लिएको बताए ।

उनले भने, ‘यस पटक पुष्पलालप्रति श्रदाअर्पन गर्नुको हाम्रो देशमा जुन प्रति क्रान्त्रको हावा चलिराखेको छ । जसले गनतन्त्राका उपलब्धिहरू माथि वा पुष्पलालको शिक्षा अनुसार भएको परिवर्तनमाथि हमला गरेको छ । यसको विरुद फेरी एउटा नयाँ अभियान सञ्चालन गर्ने सङ्कल्पको दिनको रूपमा रहेको छ ।’  उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए । सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध संघर्ष गर्न सक्ने वैचारिक आधार निर्माणका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन–अनुसन्धान आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन
१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत
कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा