सुनसरीमा मध्यरातमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
५२ पटक हेरिएको
Shares
सुनसरीमा मध्यरातमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
  • ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।
  • प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् ।

११ साउन, विराटनगर ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । ११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् ।

सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो । झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

२१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ । झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् । प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
१० किलो गाँजासहित तीन भारतीय पक्राउ
१० किलो गाँजासहित तीन भारतीय पक्राउ
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा