चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २३, २०८३
|
|
३२ पटक हेरिएको
Shares
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन

सारांश

  • सर्लाहीको चन्द्रनगरमा गाउँपालिका कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण कार्य जारी छ ।
  • जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल नाढीताल छेउमा तीनतले सुविधायुक्त प्रशासनिक भवन निर्माण भइरहेको हो ।
  • पाँच करोड ३८ लाख रुपियाँमा ठेक्का लागेको भवन आगामी असार मसान्तसम्म निर्माण व्यवसायीले गाउँपालिका कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने भए पनि महँगी तथा अन्य विविध कारणले कारण भवन निर्माणमा भने ढिलाइ हुने भएको छ ।

२३ असार, सर्लाही ।

सर्लाहीको चन्द्रनगरमा गाउँपालिका कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण कार्य जारी छ । जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल नाढीताल छेउमा तीनतले सुविधायुक्त प्रशासनिक भवन निर्माण भइरहेको हो । पाँच करोड ३८ लाख रुपियाँमा ठेक्का लागेको भवन आगामी असार मसान्तसम्म निर्माण व्यवसायीले गाउँपालिका कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने भए पनि महँगी तथा अन्य विविध कारणले कारण भवन निर्माणमा भने ढिलाइ हुने भएको छ ।
साबिक चन्द्रनगर गाउँ विकास समिति (गाविस) को साँघुरो भवन र पछि केही पार्टेसन गरेर बनाइएका कोठाहरुबाट गाउँपालिका कार्यालय सञ्चालन हुँदै आएको थियो । उक्त भवन र पार्टेसन गरिएका कोठाहरु गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट पूर्ण क्षति पुगेको छ । उक्त ठाउँमा बसेर कार्यालय सञ्चालन गर्न सम्भव नभएपछि अहिले नजिकै गाउँपालिकाको सभाहललाई पार्टेसन गरेर कार्यालय सञ्चालन गरिँदै आइएको छ। चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहले निर्माणाधीन प्रशासनिक भवन तयार भएपछि सेवा प्रवाहमा अत्यन्त सहजता आउने बताएका छन् ।

जेनजी आन्दोलनमा कार्यालय भवन तोडफोड तथा आगजनी भएपछि पार्टेसन गरिएको ठाउँबाट सेवा दिन समस्या परिरहेको उनको गुनासो छ । “हाम्रो निर्माणाधीन भवन तयार नहुन्जेलका लागि मात्र समस्या हो, त्यसपछि त सहज हुन्छ,” प्रमुख प्रशासकीय अधिकृत साहले भने, “नाढीमन तालको छेउमै निर्माणाधीन भवन जतिसक्दो चाँडो सम्पन्न गर्ने प्रयासमा लागिरहेकै छौँ ।” उनले वडा, स्वास्थ्य चौकी र पालिका मातहतका अन्य निकायमा नयाँ भवनहरु निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आएको दावी गरेका छन् । “अहिले दुःख र कष्ट भए पनि निर्माणाधीन प्रशासनिक भवन बनेपछि ठाउँको अभाव समाधान हुन्छ,” उनले भने, “निर्माणाधीन प्रशासनिक भवनबाहेक अन्य कार्यालय तथा संस्थाका भवनहरु नयाँ बनेकाले सहजता भएको छ ।” गाउँपालिकाको कार्यालय भवनका लागि तत्काल समस्या परेपनि कर्मचारीहरुले जिम्मेवारपूर्वक कार्य सम्पादन गरी गाउँपालिकावासीलाई सेवा प्रदान गरिरहेको उनले दावी गरे ।

नागरिकमैत्री सेवा प्रदानका लागि जनप्रतिनिधिको निर्देशन र कानूनको परिपालना गरी काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत साहको भनाइ छ । बस्ने ठाउँ अर्थात् प्रशासनिक भवनकै अभाव रहेकाले गाउँपालिकाले सुरुमा निर्माणाधीन भवनको काम पुरा गराउने कामलाई नै प्राथमिकता दिएको देखिन्छ । निर्माण व्यवसायीले प्रशासनिक भवनको तीनवटै तला ढलान सकेर बाँकी काम गरिरहँदा इन्धन तथा निर्माण सामग्रीको भाउ बढेपछि समस्या परेको हो । गाउँपालिका घोषणा हुँदा देखि नै भवनको लागि असाध्य समस्या रहेकोमा अब निर्माणाधीन भवनको काम पुरा हुनासाथ यो समस्या समाधान हुने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको भनाइ छ । उनले भने, “हामी निर्वाचित भएर आउँदादेखि नै कार्यालय भवनको अभाव थियो, अब नयाँ भवन तयार हुनासाथ समस्याको समाधान हुन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
साताको अन्तिम दिन सेयर बजारमा गिरावट
साताको अन्तिम दिन सेयर बजारमा गिरावट
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता
लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास