संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन

सारांश

  • संसदीय सुनुवाइ समिति (संयुक्त)को  सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् ।
  • समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।
  • समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।

२० भदौ, काठमाडौं ।

संसदीय सुनुवाइ समिति (संयुक्त)को  सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाए ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
दुई तिहाइको शक्तिशाली मन्त्रालय कसरी चल्दै छन्   ?
दुई तिहाइको शक्तिशाली मन्त्रालय कसरी चल्दै छन् ?
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
मातृशिशु मृत्यृदर घटाउन मुलुक सफल
मातृशिशु मृत्यृदर घटाउन मुलुक सफल