धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
१५६ पटक हेरिएको
Shares
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

सारांश

  • नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा.
  • गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई अर्थमन्त्री डा.

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औपचारिक रूपमा शपथ ग्रहण गराएका हुन् ।

असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शपथपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षा र बजारप्रति विश्वास बढाउने गरी काम गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए ।

उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा प्रभावबाट टाढा रहेर निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए । साथै, पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको गति समाउन पुँजी बजारलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि छोटोदेखि दीर्घकालीन कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै दैनिक, साप्ताहिक, मासिक, छ महिनादेखि एक वर्षसम्मका स्पष्ट योजना प्रस्तुत गर्न निर्देशन दिए । बजारमा फैलिने अनावश्यक हल्लाले साना लगानीकर्तामा त्रास सिर्जना हुने भएकाले त्यसलाई नियन्त्रण गर्न पनि आग्रह गरे ।

उनले,‘धेरै बोलेर होइन, काम गरेर प्रमाणित गर्नुपर्ने’ भन्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिए । साथै, मन्त्रालयबाट हस्तक्षेप नहुने तर हरेक हप्ता बजारको प्रगति विवरण बुझ्न चाहने बताए । कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको विश्वासअनुसार पुँजी बजार सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले लगानीकर्ताको हित, बजार विकास र आर्थिक वृद्धिको लक्ष्यलाई ध्यानमा राख्दै विगतका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो सरकारको सोचै गलत छः शेखर कोईराला
यो सरकारको सोचै गलत छः शेखर कोईराला
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने
रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि
जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु