मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १४, २०८३
|
|
१८४ पटक हेरिएको
Shares
मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने

सारांश

  •       कमजोर रहेको मनसुन अबको साता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  •   विभागले शनिबार साँझ जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा आइतबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ।
  • विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको र आगामी साता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिए।

१४ असार, अर्घाखाँची ।     

कमजोर रहेको मनसुन अबको साता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  विभागले शनिबार साँझ जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा आइतबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको र आगामी साता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिए। मौसमविद् लामिछानेका अनुसार, मंगलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ। आज राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए।

आइतबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ। सोमबारदेखि भने वर्षा थप बढ्नेछ। सोमबार देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, सोमबार तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ।  कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।  कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि आउने विभागले जनाएको छ।

सोमबार रातिदेखि भने थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ।  मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्ममा मनसुन थप सक्रिय भई असार १६ देखि १८ गतेसम्ममा भारी वर्षाको सम्भावना रहेको छ। सोमबारपछि भने पश्चिम नेपाल बाँकेदेखि कञ्चनपुरसम्मै वर्षा हुने सम्भावना रहेको उप्रेतीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार
मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार
पाकिस्तान र अफगानिस्तानमा भूकम्प धक्का
पाकिस्तान र अफगानिस्तानमा भूकम्प धक्का
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल
टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार
राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार