प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
२७६ पटक हेरिएको
Shares
प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  •   महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार रुपैयाँ घु लिएको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
  • यादवले सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको अख्तियारको दाबी छ।

५ असार, काठमाडौं । 

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार रुपैयाँ घु लिएको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। यादवले सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको अख्तियारको दाबी छ।

विशेष सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।अनुसन्धानको सिलसिलामा यादवले सडक ढलान योजना सञ्चालन गर्नका लागि सम्झौता भई सम्झौता अनुसारको कार्यसम्पन्न भएपश्चात भुक्तानी गर्नको लागि विभिन्न बहाना बनाई ७२ हजार रुपैयाँ घुस लिएको आयोगको भनाई छ।  उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७२ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का
एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
बेगनास तालमा बेपत्ता व्यक्तिको खोजीमा गोताखोर टोली परिचालन
बेगनास तालमा बेपत्ता व्यक्तिको खोजीमा गोताखोर टोली परिचालन
छठ पर्व सुरु, आज नहाय खाय
छठ पर्व सुरु, आज नहाय खाय
वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचारत
वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचारत
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ