२८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
१२५ पटक हेरिएको
Shares
  २८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित

सारांश

  •       एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।
  • अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो ।
  • नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो ।

३ असार, काठमाडौं ।     

एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे । हाल्याण्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४३औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रतामा पुर्‍याए । ७६औं मिनेटमा नर्वेका लियोले हेडमार्फत गोल गर्दै अग्रताको दुरी बढाए । दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा आत्मघाती गोल हुँदा नर्वेले ४–१ ले वियजी भयो । इराकका हुसेनले प्रहार गरेको बलमा आफ्नो गोलपोष्टमा छिरेपछि नर्वेले एक गोल उपहार पाएको हो । यो जितपछि नर्वे ३ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा छ । समान ३ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका सेनेगल र इराक अंकविहीन छन् । नर्वेले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । उक्त विश्वकपमा अन्तिम १६ सम्म पुगेको नर्वे त्यसपछि छनोट हुन सकेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु
अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु
भरतपुरमा बन्यो एसियन मापदण्डको हाइवे, २५ चैतमा उद्‍घाटन
भरतपुरमा बन्यो एसियन मापदण्डको हाइवे, २५ चैतमा उद्‍घाटन
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ
प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै
प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै