सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
५२ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।
  •   सोमबार बेलुका ५ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि सत्तारुढ दल नेकपा एमालेले नै बजेटमा असन्तुष्टि जनाउँदा बैठक मध्यान्ह राति सम्म धकेलिएको थियो ।
  • आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेट कार्यक्रममा कृर्षि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

२ असार, धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।  सोमबार बेलुका ५ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि सत्तारुढ दल नेकपा एमालेले नै बजेटमा असन्तुष्टि जनाउँदा बैठक मध्यान्ह राति सम्म धकेलिएको थियो । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेट कार्यक्रममा कृर्षि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ ।  सुदूरपश्चिममा गत वर्ष ३३ अर्ब ५० करोडको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले अनुदान र आन्तरिक राजस्वलाई आधार बनाएको छ । आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने प्रदेश सरकारको अनुमान छ ।  यस्तै सङ्घीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ, सङ्घीय वित्तीय समानीकरण अनुदान ९ खर्व ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै चालु आर्थिक वर्षको बाँकी मौज्दात रकम ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । सङ्घीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख र सङ्घीय विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ अनुमान गरिएको छ । सरकारले मध्य राति बजेट प्रस्तुत गर्दा यहाँका प्रतिपक्ष दलले भने बैठक अवरुद्ध गरेको छ । प्रतिपक्ष दल नेकपाले प्रदेश सभा बैठक बहिस्कार गरेको छ । सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रतिपक्षी सांसदहरूले मध्य राति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाएका हुन् । बैठकको सुरुमै समय मागेर बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद मानबहादुर धामीले मध्य राति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने
धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने
भ्रष्टाचार आरोपमा पन्जाबका डीआईजी पक्राउ
भ्रष्टाचार आरोपमा पन्जाबका डीआईजी पक्राउ
तीनकुनेमा अश्रुग्यास प्रहार राजावादीको कार्यक्रम बिथोलियो
तीनकुनेमा अश्रुग्यास प्रहार राजावादीको कार्यक्रम बिथोलियो
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
बुढीगंगामा एक जना मृत फेला
बुढीगंगामा एक जना मृत फेला
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध