सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि धेरै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
८२ पटक हेरिएको
Shares
असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि धेरै

सारांश

  • वाणिज्य बैंकहरूले असार महिनाको लागि पनि औसतमा ब्याजदर घटाएका छन ।
  • वित्तीय क्षेत्रको उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण ब्याजदरमा दबाब परेको हो ।
  • बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्छन् ।

 

३१ जेठ, काठमाडौं ।

वाणिज्य बैंकहरूले असार महिनाको लागि पनि औसतमा ब्याजदर घटाएका छन । वित्तीय क्षेत्रको उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण ब्याजदरमा दबाब परेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्छन् । आइतबार असार महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् । जेठको तुलनामा असारमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन । धेरै बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको छ ।

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा जेठको तुलनामा असारमा ०.०७७५ प्रतिशत बिन्दुले घटेको हो । जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.३४३ प्रतिशत रहेकोमा असारमा ४.२६५ प्रतिशतमा झरेको हो । यो ब्याजदर वैशाख महिनाको मूल्यवृद्धिभन्दा पनि कम हो । वैशाखको मूल्य वृद्धि ५.०४ प्रतिशत छ । कुनै पनि बैंकले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ४.७५ प्रतिशतभन्दा बढी छैन, तर मूल्यवृद्धि ५ प्रतिशत बढी छ । अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ३.९ देखि साढे ४ प्रतिशतसम्म छ । जेठको तुलनामा असारमा ब्याजदर घटाएका ७ बैंकमा कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एसिया, लक्ष्मी सनराइज, हिमालयन, प्राइम कमर्सियल र एनएमबी छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ । छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर पनि लामो अवधिको हो । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ । यसरी पैसा खिच्दा केन्द्रीय बैंकले अधिकतम २.७५ प्रतिशत ब्याजदर दिदै आएको छ ।

 व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरूले दिने अधिकतम ब्याजदर 

बैंक जेठको ब्याजदर असारको ब्याजदर
कृषि विकास ४.१५ ४.१५
सिटिजन्स ४.१० ४.१०
एभरेस्ट ४.०५ ४.०५
ग्लोबल आईएमई ४.५० ४.५०
हिमालयन ४.२५ ४.००
इन्भेस्टमेन्ट मेगा ४.५० ४.५०
कुमारी ३.९६ ३.९१
लक्ष्मी सनराइज ४.५० ४.००
माछापुच्छ्रे ४.५० ४.५०
नबिल ४.५५ ४.५५
नेपाल ४.२५ ४.२५
नेपाल एसबीआई ४.२५ ४.२५
एनआईसी एसिया ४.५० ४.००
एनएमबी ४.८० ४.७५
प्राइम कमर्सियल ४.१५ ४.००
प्रभु ४.५५ ४.५५
राष्ट्रिय वाणिज्य ४.७५ ४.७५
सानिमा ४.५० ४.५०
सिद्धार्थ ४.०५ ४.०५
स्ट्यान्डर्ड चार्टर्ड ४.०० ३.९५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
१८ जना प्रहरी सम्पर्कविहीन
१८ जना प्रहरी सम्पर्कविहीन
सिन्धुलीमा एनसेल टावरमा विस्फोट
सिन्धुलीमा एनसेल टावरमा विस्फोट
नेपाल स्वास्थ्य विज्ञानको उद्गम भूमि हो: प्रधानमन्त्री ओली
नेपाल स्वास्थ्य विज्ञानको उद्गम भूमि हो: प्रधानमन्त्री ओली
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?