कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
३८ पटक हेरिएको
Shares
कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितको माग गूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
  • पीडितहरू सभापति लामिछानेलाई भेट्न सिंहदरबारस्थित संसद् भवनभित्र उनकै कार्यकक्षमा पुगेका थिए ।
  • भेटमा आरक्ष पीडितको टोलीले आफ्नो समस्या राखे ।

 

३१ जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितको माग गूरा गर्ने प्रतिबद्धता जनाएका छन् । पीडितहरू सभापति लामिछानेलाई भेट्न सिंहदरबारस्थित संसद् भवनभित्र उनकै कार्यकक्षमा पुगेका थिए । भेटमा आरक्ष पीडितको टोलीले आफ्नो समस्या राखे । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा २०५८ सालमा आफूहरूलाई विस्थापित गरिएको स्मरण गराए ।

त्यसयता ३३ वटा आयोग बनिसके पनि समस्या समाधान नभएको, आयोगलाई दलीय भर्ती केन्द्र बनाएको र आफूहरू अझै सडक र खोला किनारमा अव्यवस्थित र असुरक्षित रूपमा बसिरहेको जानकारी गराए । भेटमा कञ्चनपुर २ का सांसद दिपक बोहरा पनि सहभागी थिए । बोहराले यो समस्या आफ्नो क्षेत्रमा विकराल रहेको भन्दै पहल गरिदिन सभापति लामिछानेलाई अनुरोध गरे । जवाफमा सभापति लामिछानेले शुक्लाफाँटा आरक्ष पीडितको समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता जनाए । त्यसक्रममा भेटमा सभापति लामिछानेले पीडितहरूलाई माग के हो, के गर्नुपर्‍यो भन्ने विषय ठोस रूपमा राख्न समेत आग्रह गरेका थिए । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टले संख्या यकिन गरेको देवान विष्टको आयोगको प्रतिवेदन र जग्गा वा पैसा दिन सिफारिस गर्ने सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गराई आफूहरूको व्यवस्थापन गर्न अनुरोध गरेका थिए । भट्टले कञ्चनपुरका ९ वटै पालिकाले आरक्ष पीडितलाई कहाँ कहाँ जमिन दिन सकिन्छ भनेर ठाउँहरू सुझाएको पनि जानकारी गराए ।

पीडितबाट समाधानको उपाय सुनेपछि सभापति लामिछानेले ‘ल तपाईंको काम अब सुरु हुन्छ, ढुक्क हुनुस् । धेरै बोलेर होइन गरेर हुने कुरा हो । त्यो प्रतिवेदन खोजी गर्छौं, तुरुन्तै काममा लाग्छौं’ भनेका छन् । लगत्तै भूमिमन्त्री प्रतिभा रावल र वनमन्त्री गीता चौधरीलाई फोन गरेर सभापति लामिछानेले शुक्लाफाँटा आरक्षको समस्या तुरुन्त समाधान गर्न निर्देशन दिए । पीडितहरूलाई भूमि मन्त्रालयमा पठाए । सभापति लामिछानेलाई भेट्न आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टसहित पीडितहरू बासुदेव चौधरी, टेकराज पनेरु, जय रोकाया, कृष्ण भट्ट पुगेका थिए । यसैगरी रास्वपाका स्थानीय नेता पनि सहभागी थिए ।

संख्या यकिन गर्न अध्ययन टोली

सभापति लामिछानेले फोन गरेर निर्देशन दिएपछि भूमि मन्त्रालयले पीडितहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेको अध्यक्ष भट्टले जानकारी दिए । भूमि मन्त्रालयमा वनमन्त्री गीता चौधरी पनि पुगिसकेकी थिइन् । भूमि मन्त्री रावल र चौधरीले पीडितहरूसँग छलफल गरेर पीडितको संख्या यकिन गर्न कर्मचारीको अध्ययन टोली बनाउने सहमति गरेका छन् । भूमिमन्त्री रावलले शुक्लाफाँटा आरक्ष समस्या समाधानका लागि संख्या यकिन गर्नुपर्ने देखिएको र यो भएपछि समाधान सहज हुने भन्ने प्रस्तावमा पीडितहरूले सहमति जनाएपछि भूमि मन्त्रालय, वन मन्त्रालय, नापी विभाग, निकुञ्ज विभागका कर्मचारीको अध्ययन टोली बनाएर १५ दिनभित्र टुंग्याउने बताइन् ।

‘१५ दिनको लागि कर्मचारीको अध्ययन टोली बनाउने, टोलीले संख्या यकिन गराउने, नक्कली मान्छेलाई हटाउने, वास्तविक पीडितलाई भित्र्याइ यकिन गरेर के कति जग्गा दिन सकिन्छ भनेर छलफल गर्ने कुरा भयो । टोलीले टुंग्याएर प्रतिवेदन दिएपछि अधिकारसम्पन्न शक्तिशाली आयोग बनाएर पुनर्स्थापना गर्ने प्रतिबद्धता मन्त्रीज्यूबाट आयो’ अध्यक्ष भट्टले भने । अध्ययन टोलीले आवश्यक पर्दा पीडित संघर्ष समितिलाई छलफलमा आमन्त्रण गर्ने सहमति पनि बनेको छ । मन्त्रीहरूसँगको छलफलमा कञ्चनपुर १ का सांसद जनकसिंह धामी पनि उपस्थित थिए ।

आरक्ष पीडितले यसअघि शुक्रबार उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई पनि मन्त्रालयमा भेटेर आफ्नो समस्या समाधानका लागि मन्त्रिपरिषद्मा पहल गरिदिन अनुरोध गरेका थिए । मन्त्री श्रेष्ठले आफू राजनीतिक अभियानका क्रममा कञ्चनपुर जाँदा यो समस्याबारे थाहा पाएको भन्दै आफ्नो तर्फबाट सम्पूर्ण पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला
सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला
जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो
जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो
फेवा महोत्सव आजदेखि
फेवा महोत्सव आजदेखि
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क