सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मातृभाषाप्रति गर्व गर्न उपसभामुख ठाकुरको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २९, २०८३
|
|
१३१ पटक हेरिएको
Shares
मातृभाषाप्रति गर्व गर्न उपसभामुख ठाकुरको आग्रह

सारांश

  • प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुर ले मातृभाषा व्यक्तिको पहिचान, संस्कृति, सभ्यता र इतिहाससँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र सम्मान गर्नुपर्ने बताएकी छन्।
  • बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मैथिली आफ्नो मातृभाषा र मधेश आफ्नो जन्मभूमि भएको उल्लेख गरेकी छन्।
  • शुद्ध नेपाली बोल्न आफू निरन्तर प्रयासरत रहे पनि आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिली भाषाको प्रभाव देखिनु स्वाभाविक रहेको उनको भनाइ छ।

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुर ले मातृभाषा व्यक्तिको पहिचान, संस्कृति, सभ्यता र इतिहाससँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र सम्मान गर्नुपर्ने बताएकी छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मैथिली आफ्नो मातृभाषा र मधेश आफ्नो जन्मभूमि भएको उल्लेख गरेकी छन्। शुद्ध नेपाली बोल्न आफू निरन्तर प्रयासरत रहे पनि आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिली भाषाको प्रभाव देखिनु स्वाभाविक रहेको उनको भनाइ छ।

‘मैथिली मेरो मातृभाषा हो र मधेश मेरो जन्मभूमि हो। शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु। मेरो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो,’ उनले लेखेकी छन्।

मातृभाषा केवल संवादको माध्यम मात्र नभई पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको सम्पदा भएको उल्लेख गर्दै ठाकुरले यसलाई गर्वका साथ अपनाउने र जीवनभर सम्मान गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले भाषिक विविधता नेपालको सांस्कृतिक समृद्धिको आधार भएको उल्लेख गर्दै सबैलाई आफ्नो मातृभाषाप्रति गर्व गर्न र त्यसको संरक्षणमा योगदान पुर्‍याउन आग्रह गरेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु
दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते
आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन