मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
२०७ पटक हेरिएको
Shares
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन

सारांश

  • प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।
  • पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
  • अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

 

१५ जेठ, काठमाडौं ।

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

‘मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्वको छ । यसले धेरै कुराहरूको उजागर गरेको छ । र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ । यसमा अभियुक्तमा रुपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्‍याएका मानिसहरूले पनि प्रक्रिया पुर्‍याएर छिटो भन्दा छिटो सफाइ लिनु पर्दछ । यो गम्भीर विषय हो । किनभने यो केबल नेपालमा मात्रै सिमित रहने विषय होइन,’ उनले भने ।मानव अधिकार आयोगको सो प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र संघ र त्यसमा आवद्ध संघ, संस्थाहरूको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरूले सफाईका लागि आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने अध्यक्ष लिङ्देनको भनाइ छ ।

उहाँले उक्त प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले पनि सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने आवश्यकता औंल्याए । ‘यो प्रतिवेदन त युएनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित, अन्य विभिन्न संयुक्त राष्ट्र संघ सम्बन्धित संघ, संस्थाहरूसँग रेकडेट हुनेछ । र यसैलाई आधार मानेर विगतमा विभिन्न देशहरूले यो मानव अधिकार उलंघनमा दोेषी ठहरिएकाहरूलाई विदेश भ्रमणमा जाँदाखेरी रोका गरिएका घटनाहरू समेत छन्,’ उनले भने, ‘त्यसकारण यो अत्यन्तै गम्भीर विषय भएको हुनाले दोषीहरूले सफाइ लिने र सरकारले यसमा एउटा प्रक्रिया पुरा गर्ने दिशामा जानु पर्दछ । यो प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।’ त्यस अवसरमा अध्यक्ष लिङ्देनले आफनो पार्टी मुलुकको एक मात्रै वैकल्पिक राजनीतिक शक्ति भएको जिकिर गर्दै निराश नभइ सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
नाराबाजी गर्दै जनमतले घेर्‍यो बलरा नगरपालिका
एमाले अध्यक्षको मत अपडेट : ओली ३३३, पोखरेल ११०
एमाले अध्यक्षको मत अपडेट : ओली ३३३, पोखरेल ११०
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन