‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २६, २०८०
|
|
४४ पटक हेरिएको
Shares
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’

सारांश

  • काठमाडौंको भद्रकालीमा शनिबार भएको प्रदर्शनको क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारबारे गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
  • प्रधान कार्यालयले भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएकोसमेत जनाएको छ ।
  • राजेन्द्र महतोको नेतृत्वमा ‘बहुल राष्ट्र घोषणा गर’लगायतका माग राखेर विभिन्न जातीय र धार्मिक समुदाय सम्मिलित प्रदर्शनकारीहरुले आइतबार भद्रकालीमा प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

२६ चैत, काठमाडौं । काठमाडौंको भद्रकालीमा शनिबार भएको प्रदर्शनको क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारबारे गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रधान कार्यालयले भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएकोसमेत जनाएको छ ।राजेन्द्र महतोको नेतृत्वमा ‘बहुल राष्ट्र घोषणा गर’लगायतका माग राखेर विभिन्न जातीय र धार्मिक समुदाय सम्मिलित प्रदर्शनकारीहरुले आइतबार भद्रकालीमा प्रहरीमाथि नै आक्रमण गरेका थिए । उक्त क्रममा प्रहरीले स्थिति नियन्त्रण लिने क्रममा प्रदर्शनकारी र सर्वसाधारणलाई तितरबितर पार्ने क्रममा प्रहरीबाट एक भिक्षुमाथि दुर्व्यवहार भएको थियो । उक्त दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको चौतर्फी आलोचना भइरहेको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै उक्त घटना सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शनिबार भएको प्रदर्शनकारीहरु उग्र भई प्रहरीमाथि नै आक्रमणमा उत्रिएपछि बल प्रयोग गर्न बाध्य भएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । उनका अनुसार प्रदर्शनकारीको आक्रमणबाट प्रहरी जवान रामसिंह बोहराको नाकको हड्डी भाँचिएको छ । घाइते प्रहरी जवान बोहराको आईसीयूमा राखेर उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
जिल्ला अदालतको परिसरबाट कैदी फरार
जिल्ला अदालतको परिसरबाट कैदी फरार
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
सुनसरीमा मध्यरातमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
सुनसरीमा मध्यरातमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का