आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
२१४ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ।
  • गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

 

काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा अपरान्ह पछि हावाहुरीको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा
इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित
इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित
सङ्घीय निजामती विधेयक आज पारित गरिँदै
सङ्घीय निजामती विधेयक आज पारित गरिँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई
मन्त्रिपरिषदको बैठक बस्दै
मन्त्रिपरिषदको बैठक बस्दै
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै
मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै