सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२४४ पटक हेरिएको
Shares
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताएका हुन् ।
  • उनले सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गरे ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताएका हुन् । उनले सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गरे ।

उनले भने, ‘उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् यसमा मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । चाँडै उखु किसानको भुक्तानी होस् । सरकारले दिने रकम पनि चाँडै उपलब्ध होस् किसानलाई । अब रोपाईंको सिजन सुरु हुने बेला छ । प्रर्याप्त मलको व्यवस्था सरकारले समयमा गरोस् । अहिलेसम्म मलको उपलब्धता हुन सकिरहेको छैन । १०,१५ दिनपछि रोपाईको सिजन सुरु हुन्छ ।’ उनले उखु किसानले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै अब रोपाइँको सिजन सुरु हुन लागेकाले आवश्यक मलको व्यवस्था समयमै गर्नुपर्ने बताए । सांसद सिंहले हालसम्म पर्याप्त मल उपलब्ध हुन नसकेको उल्लेख गर्दै आगामी १०–१५ दिनभित्र रोपाइँ सुरु हुने भएकाले किसानलाई समस्या नपर्ने गरी मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व कविता दिवसमा कविता प्रतियोगिता
विश्व कविता दिवसमा कविता प्रतियोगिता
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
नगरसुधारका लागि १० बुंदे ज्ञापनपत्र
नगरसुधारका लागि १० बुंदे ज्ञापनपत्र
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर