गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम

सारांश

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् ।
  • माओवादी केन्द्रका ८ तथा स्वतन्त्र हैसियतका दीपक मनाङेसहितको समर्थनमा अधिकारीले आइतबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
  • चैत्र २१ मा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनका लागि चैत्र २७ सम्मको समय दिएका थिए ।

२५ चैत काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् ।

माओवादी केन्द्रका ८ तथा स्वतन्त्र हैसियतका दीपक मनाङेसहितको समर्थनमा अधिकारीले आइतबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । चैत्र २१ मा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनका लागि चैत्र २७ सम्मको समय दिएका थिए । प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउन अधिकारी, माओवादीका हरिबहादुर चुमान र मनाङे प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

६० सदस्यीय प्रदेशसभामा एमालेका २२ र माओवादीका ८ सांसद छन् । माओवादीका कृष्ण धिताल प्रदेश सभाको सभामुख बनेका कारण ७ सांसदले मात्र मतदान गर्न पाउँछन् । यसअघि कोशी प्रदेशमा सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षरलाई अदालतले मान्यता दिएको थिएन । बहुमत पुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग आग्रह गरे पनि राप्रपाले आफू तटस्थ बस्ने बताएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु: देउवा
गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु: देउवा
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल