प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन: सभामुख अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३०, २०८३
|
|
४०७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन: सभामुख अर्याल

सारांश

  • प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्।
  • विपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उनले सो कुरा प्रष्ट्याएका हुन्।
  • सभामुख अर्यालले कुनैपनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारे।

३० वैशाख, काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्। विपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उनले सो कुरा प्रष्ट्याएका हुन्। सभामुख अर्यालले कुनैपनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारे।

उनले भने,‘अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नु पर्‍यो भनेर। म माननीय सदस्यहरूलाई आगामी दिनपनि कोही पनि माननीय सदस्यज्यूहरूको सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोली यो सदनमा आउन सक्नु हुन्छ वा सक्नु हुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका सोध्न सक्ने कुनै आधार अधिकार मैले देख्दिन।’  सभामुख अर्यालले आफूले आजको बैठक सुचारु गराउन विपक्ष दलका सांसदहरूलाई आग्रह गर्दै सभामा उपस्थितिका लागि आजै बेलुका प्रधानमन्त्री साहसँग आफूले छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा
संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
सुदूरपश्चिममाथि विराटनगरको सानदार जित
सुदूरपश्चिममाथि विराटनगरको सानदार जित