बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
१६६ पटक हेरिएको
Shares
बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
  • सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो ।
  • यस पोर्टलका माध्यमबाट देश—विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय—सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्ने छ ।

२७ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो ।

यस पोर्टलका माध्यमबाट देश—विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय—सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्ने छ ।
ण्प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्र क्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको हो ।दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने स्पष्ट पारिन् ।

जनताले पोर्टलमा दिएका आफ्ना सुझावहरूको पछिल्लो अवस्था र सरकारले चालेको कदमका बारेमा जानकारी लिन सकिने गरी ‘सुझाव ट्र्याक’ गर्ने विशेष सुविधा समेत यस प्रणालीमा समावेश गरिएको छ । सरकारले यस महत्वपूर्ण डिजिटल पहलमा सक्रियताका साथ सहभागी भई ‘समृद्ध नेपाल’ निर्माणको महाभियानमा रचनात्मक योगदान पु¥याउन सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरेको छ । नागरिकहरूले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय(सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पु¥याउन सक्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद। 
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद। 
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
असोजका लागि थप घट्यो ब्याजदर
असोजका लागि थप घट्यो ब्याजदर
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन