विशेष महाधिवेशनको माग बाध्यकारी छ: विश्वप्रकाश शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
विशेष महाधिवेशनको माग बाध्यकारी छ: विश्वप्रकाश शर्मा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन्।
  • आगामी मंसिर, पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषय प्रधान नभए पनि महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशन अहिलेको मूल प्रश्न भएको उनको भनाइ छ।
  • आइतबार बिहान सामाजिक सञ्जालमार्फत् धारणा व्यक्त गर्दै महामन्त्री शर्माले लेखेका छन्, ‘नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन।

२३ कात्तिक, काठमाडौं।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन्। आगामी मंसिर, पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषय प्रधान नभए पनि महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशन अहिलेको मूल प्रश्न भएको उनको भनाइ छ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् धारणा व्यक्त गर्दै महामन्त्री शर्माले लेखेका छन्, ‘नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन। तर…विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७ (२) को स्पस्ट निर्देशन छ। यो बाध्यात्मक छ। ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो,’ उनले लेखेका छन्, ‘विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्दछ। यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ।’

कांग्रेस केन्द्रीय समितिमा चलिरहेको छलफल पार्टी र रास्ट्रिय जीवनका लागि महत्वपूर्ण रहेको भन्दै उनले जारी केन्द्रीय कार्यसमिति बैठकले केही दिनभित्रै एकता र परिपक्वताका साथ निर्णय गर्नु पर्ने बताएका छन्। ‘कांग्रेसले कांग्रेसको जीवनका लागि गर्नुपर्ने काम भन्दा ठूलो देशका लागि कांग्रेसले गर्नुपर्ने थुप्रै काम छन्। हामीले त्यसप्रति झनै गम्भीर हुनुछ। आन्तरिक मूल प्रश्न भन्दा माथिको यो मूल प्रश्नमा हामी सबल र सफल हुनुछ,’ महामन्त्री शर्माले भनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो