माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
४१ पटक हेरिएको
Shares
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

सारांश

  • नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।
  • केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
  • सरकारबाट हटेपछि पहिलोपटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए ।

 

११ साउन, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सरकारबाट हटेपछि पहिलोपटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए ।साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अबको ध्यान सरकारमा भन्दा पनि सङ्गठन निर्माणमा केन्द्रित रहने बताएका छन् । झन्डै १० वर्षपछि प्रमुख प्रतिपक्षमा पुगेको माओवादीले  विगतको गम्भीर समीक्षा गर्दै पार्टी निर्माणमा क्रियाशील हुने गरी योजना बनाउने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ