काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २६, २०८३
|
|
२८९ पटक हेरिएको
Shares
काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

सारांश

  • काठमाडौंबाट बीरगन्जका लागि छुटेको एक रात्री बस आज बिहान बीरगन्जको पावर हाउस चोकमा दुर्घटनाग्रस्त भएको छ ।
  • सिकन्दर ट्राभल्सको बागमती प्रदेश ०१ ००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टेको हो ।
  • वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार काठमाडौंबाट रात्रि सेवामा गुडेको उक्त बस आज बिहान आफ्नो गन्तव्यमा पुग्नै लाग्दा पावर हाउस चोक नजिकै दुर्घटनामा परेको थियो ।

२६ वैशाख, बीरगन्ज ।

काठमाडौंबाट बीरगन्जका लागि छुटेको एक रात्री बस आज बिहान बीरगन्जको पावर हाउस चोकमा दुर्घटनाग्रस्त भएको छ । सिकन्दर ट्राभल्सको बागमती प्रदेश ०१ ००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टेको हो । वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार काठमाडौंबाट रात्रि सेवामा गुडेको उक्त बस आज बिहान आफ्नो गन्तव्यमा पुग्नै लाग्दा पावर हाउस चोक नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनाका समयमा बसमा सवार यात्रुहरूको यकिन सङ्ख्या नखुले पनि बसमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बस अचानक पल्टिँदा भित्र रहेका यात्रुहरू केही बेर निकै त्रसित बनेका थिए । दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थल पुगेका थिए । केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने गम्भीर अवस्था नरहेको बुझिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मोड काट्ने क्रममा गति नियन्त्रण हुन नसक्दा वा चालकको थकानका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
वीरगञ्ज ह*त्या प्रकरण:  ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
वीरगञ्ज ह*त्या प्रकरण: ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी
दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?