संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
२४३ पटक हेरिएको
Shares
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने

सारांश

  • संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज भएको छ ।
  • सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो ।
  • संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो ।

२२ वैशाख, काठमाडौं ।

संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज भएको छ । सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो । संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो । जहाँ ‘मर्यादापालक बाहेकका सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सो भन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेशागत हक हितको लागि एउटा कर्मचारी युनियन गठन गर्न सक्ने’ भनिएको छ । यस्तो व्यवस्थालाई अध्यादेशमार्फत खारेज गरिएको हो ।

यसलाई खारेज गरेर कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था राखिएको छ । जसअनुसार कर्मचारीले सेवा, सर्त, सुविधा र कर्मचारीसँग सरोकार राख्ने विषयमा आफूलाई मर्का परेको छ भन्ने लागेमा कार्यालय प्रमुख वा कार्यालय प्रमुखले तोकेको अधिकृतसमक्ष आफ्नो पीर मर्का र गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नेछन् । गुनासो प्राप्त भएमा बढीमा तिसदिन भित्रमा गुनासो फछ्यौट गर्नुपर्ने हुन्छ । कर्मचारीको पीर, मर्का र गुनासो फछ्यौट हुन नसक्ने भएमा सम्बन्धित सम्बन्धित पक्षलाई गुनासो सुनुवाइ गर्ने जिम्मेवारी प्राप्त अधिकृतले १५ दिनभित्र लिखित रूपमा आधार र कारण सहितको निर्णयको जानकारी गराउनु पर्नेछ ।

यस्तो निर्णयउपर चित्त नबुझेमा पीर मर्का परेको सम्बन्धित कर्मचारीले एक तह माथिको अधिकारी समक्ष पुनरावलोकनको लागि निवेदन दिन सक्नेछन् । त्यस्तो पुनरावलोकनको निवेदन उपर भएको सुनुवाइमा समेत चित्त नबुझेमा प्रचलित कानुन बमोजिम हुने भनिएको छ । अध्यादेशअनुसार कर्मचारीले राजनीतिक र संगठित गतिविधि गर्न पाउने छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट
रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
तुईन खोला पहिरो :  यात्रुलाई निःशुल्क बससेवा
तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले
एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड